मिष्टर नेपालमा ३६ युवाको प्रतिस्पर्धा

आर्टिष्ट खबर/ चैत, काठमाडौंँ ।

‘मिष्टर नेपाल २०२२’ मा ३६ युवाको प्रतिस्पर्धा हुने भएको छ । छनोट चरणको अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताउनुभएको छ ।

एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागीता रहेको प्रतियोगीतामा देशभरबाट सहभागी छन् । प्रतियोगीतामा काठमाडौबाट एलिस गिरी, स्वराज श्रेष्ठ, प्रविन बिके, रोनिस खड्गी, प्रसन्न राई, श्रृजन पाठक, विकाश गमाल रहेका छन्, काभ्रेबाट आकाश भैला, बिशाल महत, योगेश लामा तामाङ, जीवन गिरीले भाग लिनुभएको छ ।

त्यस्तै आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, बिशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, कपालिक खनाल काभ्रेपलान्चोक,  खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महत्तो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजय पनेरु चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक  चुडाल झापा, कैलास रावत कैलाली, दिपेन्द्र कुमार शर्मा सर्लाही रहनु भएको छ । यसपटक प्रतियोगीतामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागीता रहेको नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगी अहिले अन्तिम प्रतिस्पर्धाको तयारी कक्षामा फिजिकल फिटनेश, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिल लगायतका बिभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिइरहनु भएको छ । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुनुहुन्छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्य रहेको प्रतियोगीताको फाइनल स्पर्धा आगामी बैशाख ३ गते आयोजना हुदैछ । प्रतियोगीतामा आफुमा मनपरेको प्रतियोगीलाई जिताउन इसेवा मार्फत मिष्टर नेपाल सर्च गरेर भोटिङ समेत गर्न सकिनेछ ।

आगामि बैशाख ३ गते अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र चलचित्रमा अभिनय अवसर प्राप्त गर्नेछन् ।