कलाकार काफ्ले वडाअध्यक्षको उम्मेदवार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हास्य कलाकार दिनेश काफ्ले सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने हुनुभएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा दिनेशलाई नेकपा (माओवादी केन्द्र) ले सर्वसम्मतबाट वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेको हो ।

माओवादी केन्द्रले वडा अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेकोले आफु चुनावका लागि अगाडि बढी सकेको  काफ्लेले बताउनुभएको छ । काफ्लेले भन्नुभएको छ , ‘म जुन वडाको उम्मेदवार बन्दैछु । त्यो नगरपालिका भएपनि भौगोलिक विकटता छ । ती पछि परेका नागरिकलाई आफ्नो हक अधिकारको लागि बोल्नसक्ने बनाउने र जति पनि बाँच्नका लागि आवश्यक चिज छन् । ती सहज र सहल रुपमा उपलब्ध गराउने मेरो अर्काे उद्देश्य हो ।

नगरपालिकाको विकास, कृषि उत्पादनमा जोड, खानेपानीको ब्यवस्थापन, मोटरबाटो, शिक्षा लगायत काम गर्छु ।’ यस अगाडि पटक–पटक जितेर जाने जनताको काम गर्न नसकेकाले बालकदेखि बृद्धसम्मको वडा भेलाले आफुलाई उम्मेदवारको रुपमा अगाडि सारेको काफ्लेको भनाई रहेको छ ।