कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म छनोट

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">विश्व चर्चित फिल्म फेस्टिभल कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म अभिनव विक्रम शाहको ‘लोरी ः मेलनकोली अफ माई मदर्स ललाबाइज’ छनोटमा परेको छ ।</p><p style="text-align: justify; ">विभिन्न विधामध्ये ‘सर्ट फिल्म पाल्म डी’ओर’ विधामा शाहको फिल्म छनोटमा परेको हो । १४० देशबाट तीन हजार ५०७ वटा चलचित्रले सहभागिता जनाएकामा नौ देशका नौ फिल्म मात्रै छनोटमा परेका हुन् ।</p><p style="text-align: justify; ">छनोटमा परेकाहरूमा नेपालसहित चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना, हङकङ र लिथुनियाका सर्ट फिल्म छन् । यीमध्ये उत्कृष्ट फिल्मलाई आउँदो मे २८ मा समापन समारोहबीच पुरस्कृत गरिनेछ ।</p><p style="text-align: justify; ">शाहको ‘लोरी’ १४ मिनेट लामो छ । स्क्रिप्ट राइटिङको पनि खुबी भएका उहाको फिल्ममेकिङको यात्रा करिब एक दशक पुगेको छ । नेपाली चलचित्र ‘चौखत’ले कान्समा स्क्रिनको मौका पाइसके पनि मुख्य प्रतियोगिताको विधामा पर्ने पहिलो चलचित्र भने शाहको ‘लोरी ः मेलनकोली अफ माई मर्दस ललाबाइज’ नै हो ।</p>