मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिन

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

वरिष्ठ हास्य अभिनेता मदन कृष्ण श्रेष्ठले आफ्नो ७२ औं जन्मदिन मनाउनु भएको छ । आज मंगलबार काठमाडौंको रन्जना मलमा अवस्थित रन्जना हलमा मदनकृष्णकै स्वरमा रहेको गीत 'एउटा सपना छ' बोलको गीत बिमोचन कार्यक्रममा मदनकृृष्ण श्रेष्ठले आफू शारिरीक रुपमा कमजोर भएपनि आत्मबल भने बलियो रहेको बताउनुभयो । मदनकृष्णकी छोरी सरना श्रेष्ठले पनि बुबाका लागी आफूले गीतसंगीतकै क्षेत्रमा केहि गर्ने चाहाना भएको भन्दै बिभिन्न गीतकै काम गरिरहेको बताउनु भयो ।

आज सार्वजनिक एउटा सपना छ बोलको गीतमा मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ भने पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ । अहिले सार्वजनिक गीत एउटा सपना छ गीतको लेजेन्ड्री भर्सन हो । गीतको भिडियोमा मदनकृष्णसँगै आँचल शर्माले अभिनय गर्नुभएको छ भने भिडियो मदनकृष्णकी छोरी सरनाले निर्देशन गर्नुभएको हो ।

कार्यक्रममा भिडियो सार्वजनिकसँगै मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा केक काटिएको थियो ।

Video Report: