नेपालको पहिलो राष्ट्रिय गीतलाई एलिसले दिए पुनः संगीत

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा युगकविद्वारा  रचित नेपालको राष्ट्रिय गीतलाई पुनः संगीत गरी बिमोचन गरिएको छ । गीतमा पछिल्लो समयका ब्यस्त र लोकप्रिय संगीतकार एलिस कार्कीले संगीत बद्द गर्नुभएको हो । उक्त गीत गएको सोमबार आयोजना गरिएको एक समारोहका बिच बिमोचन गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा संचालित कार्यक्रममा युगकवि प्रतिष्ठानका अध्यक्ष बैरागी काइलाले सभापतित्व गर्नु भएको थियो । प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूबाट युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई साथै यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई नगद सहित सम्मान गरियो ।

राष्ट्रिय गीत निर्माणमा लामो समय देखि सहभागी तथा नेपाली संगीत स्तरोन्नतिमा क्रियाशील गायिका गीता पाण्डे, संगीतकार एलिस कार्की तथा संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई कदरपत्र प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूबाट कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रधानसेनापति, संरक्षक रविचरण श्रेष्ठ साथै साहित्यकारहरुले नेपालको पहिलो राष्ट्रिय गीतको बारे प्रकाश पार्नु भएको थियो ।  उहाका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘हिमगिरी मन्डित’ ,निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन्।उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमाराशैल’, ‘आँसु’ लगायत कृति छन् ।