‘क्लासिक प्रोफाइल’ बनाउनेलाई आर्यन नम्रतासँग डिनरको अवसर

...

माघ ३, काठमाडौं । फिल्म ‘क्लासिक’ले प्रचारप्रसारको नयाँ अभियान थालेको छ । सामाजिक सञ्जाल फेसबुकलाई प्रयोग गर्दै ‘क्लासिक’ले ‘क्लासिक प्रोफाइल’ अभियान थालेको हो । फिल्म क्लासिकको प्रोफाइल बनाउने मध्ये सबैभन्दा धेरै लाइक, कमेन्ट र सेयर हुने १० जना बिजेटालाई अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठसँग डिनरको अवसर मिल्नेछ ।
classic nepali film - press meetशनिबार बाट सुरु भएको यो अभियानले आईतबार सम्म राम्रो ब्यापकता पाईरहेको छ । यतिखेर नेपाली फेसबुक प्रयोगकर्ताहरुले क्लासिकको प्रोफाइल बनाउन थालेका छन् । प्रोफाईल बनाउनका लागि http://app.reelnepal.com मा गएर फेसबुक अकाउण्ट लगइन गर्नुपर्छ । यसपछि, प्रोफाइल पिक्चर्सको तल देखिने ‘प्रोसेस अप्सन’मा क्लिक गरेपछि क्लासिक प्रोफाइलमा परिवर्तन हुनेछ । जुन तलको चित्रमा पनी देख्न सक्नुहुनेछ ।

माघ २९ गतेबाट प्रदर्शनमा आउने फिल्म क्लासिकमा आर्यन र नम्रताको मुख्य भुमिका रहेको छ । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

क्लासिक प्रोफाइल बनाउनका http://app.reelnepal.com मा गएर लागी तलको प्रोसेस् गर्नुहोस् । 
classic profile process

classic profile process 2