कवितासंग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशीत

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

मानवअधिकारकर्मी कृष्ण पहाडीद्धारा लिखित कवितासंग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशनमा आएको छ । अधिकारकर्मी पहाडीको यो ३०औँ पुस्तक हो । ६२ कविता समावेश रहेको यस संग्रहमा कुनै कविता ब्रह्माण्डका बारेमा, कुनै अन्तरिक्ष, कुनै तारा र ग्रहहरूका बारेमा लेखिएका छन् ।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीको यस कृतिमा संगृहीत कविताहरू जगत्मुखी, जीवनमुखी र सेवामुखी चेतले निर्दिष्ट रहेको बताइएको छ । कृतिमा कुनै कविता मृत्युकालीन अवस्थाको विषयमा लेखिएको छ भने कुनैमा मृत्युपश्चात्को कल्पनातीत अनुभूति चित्रित छ । अधिकांश कविता जीव, जगत् र प्रकृतिको अन्तरसम्बन्ध र कुनै विज्ञान र ज्ञानबारे रहेको जनाइएको छ ।

उक्त पुस्तकको मूल्य २०० रुपैयाँ राखिएको र पुस्तक बिक्रीबाट आउने सम्पूर्ण रकम मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद तथा निर्माणमा लगाइने समाजले जनाएको छ ।