चलचित्र ‘डलर एयुडी’ निर्माण हुने

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरियो ।

एएसएपी इन्टरटेन्मेन्टले चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको मुख्य अभिनय रहने कार्यक्रममा जानकारी दिइयो ।

देवकुमार श्रेष्ठको निर्देशन रहने चलचित्र सन्तोष अधिकारीले निर्माण गर्न लाग्नुभएको हो । चलचित्र ‘आमा’मा सह–लगानी गर्नुभएका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आउनु भएको छ । नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने चलचित्रको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहनुभएको छ ।

अष्ट्रेलियामा छायांकन हुने बताइएको यो चलचित्रको कथा सन्तोष अधिकारीले लेख्नु भएको हो ।