बिल्सन र सुनिल बलिउड फिल्मको छायांकनमा ब्यस्त

...

bhai must be crazy teamमाघ ५, काठमाडौं । नेपालका दुई चर्चित कलाकार यतिखेर बलिउड फिल्ममा ब्यस्त छन् । कलाकार सुनिल थापा र विल्सन बिक्रम राई यतिखेर बलिउड फिल्म ‘भाई मस्त बि क्रेजी’को छायांकन कार्यमा यतिखेर ब्यस्त छन् । बलिउड निर्देशन बिनय शर्माको साथमा काम गरीरहेका यि दुई कलाकारसँग बलिउडकी चर्चित अभिनेत्री बिपासा बासु पनि संगै छिन् ।

नेपालमा हाँस्य क्षेत्रबाट राम्रै नाम कमाएका बिल्सनको यो पहिलो बलिउड फिल्म हो । सुनिल भने यो भन्दा पहिला बलिउड फिल्ममा अभिनय गरीसकेका छन् । उनले अभिनय गरेको फिल्म ‘मेरीकोम’ बलिउडको सफल फिल्म हो ।
bhai must be crazy team