सुदर्शनसँग ‘एक्स ९’को सम्झौता

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

२०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘हिम्मतवाली’बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गर्नुभएको थियो । तर, डेब्यू फिल्म सफल भए पनि उहाले अभिनयलाई भने निरन्तरता दिन सक्नुभएन ।  लामो समयदेखि क्यानडामा बसोबास गर्दै आउनु भएका उहाले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स ९’ साइन गर्नुभएको छ ।

केही दिनदेखि चलचित्रको छायांकन प्रवन्ध मिलाउन क्यानडामा रहनु भएका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गर्नुभएको हो । चलचित्रको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनु हुनेछ । निर्देशक भट्टले चलचित्रमा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताउनुभएको छ । चलचित्रका लागि सुदर्शनले आकर्षक पारिश्रमिक बुझेको बताइएको छ ।

८ वर्षपछि चलचित्रमा कमब्याक गर्न लाग्नुभएका सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स ९’मा काम गर्न राजी भएको जानकारी दिनुभएको छ । उहाले क्यानडाबाटै भन्नुभएको छ, ‘म फिल्मबाट कहिल्यै पनि टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि फिल्ममा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स ९’मा पाएँ ।’

एक दुर्घटनामा दुवै हात गुमाउनु भएका सुदर्शनले बिना हात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउनु भएको छ । खुट्टाले लेखेर नेपाल कर्मश क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गर्नु भएका उहा कम्प्यूटरदेखि गाडीसम्म खुट्टैले चलाउँनुहुन्छ । क्यानडामा मोटिभेसनल स्पिकरको रुपमा परिचित सुदर्शनले चलचित्र ‘हिम्मतवाली’बाट अभिनयमा राम्रो सम्भावना देखाउनु भएको थियो ।

चलचित्रमा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो चलचित्रबाट मोडल नीति शाहले अभिनेत्रीको रुपमा डेब्यू गर्नुहुनेछ ।