आजबाट तीन नेपाली चलचित्र एकसाथ रिलिज

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

कोरोना कहर सकिएलगत्तै नेपाली चलचित्र क्षेत्रलाई उठाउन निर्माता तथा निर्देशक कम्मर कसेर लागेका थिए । चलचित्र निर्माण गर्ने कि नगर्ने भन्ने अन्योलमा धेरै निर्माता थिए । हलसम्म दर्शक आउछन् भन्ने पुर्णतया ढुक्क नहुँदा डरका बिच पनि कतिपय निर्माताले चलचित्र छायांकन गरिरहे । त्यो समयमा धेरै समय हलहरु रित्तो थिए ।

तर अहिलेको माहोल फरक भइसकेको छ । अहिले नेपाली चलचित्र हलहरु खाली बस्नुपरेको छैन । बिदेशीसँगै नेपाली चलचित्रको पनि लाइन छ । बिशेषगरी कोरोना कहरको समयमा थुप्रिएका चलचित्र अहिले लाइनबद्ध तरिकाले प्रदर्शन भइरहेका छन् । कतिपयले चलचित्रको लगानी उठाउन सफल भएका छन् त कतिपयलाई पोष्टरको पैसा उठाउनपनि मुस्किल परेको छ ।

यसैबिच आज शुक्रबारबाट तीन वटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । साथमा अर्को एक बिदेशी चलचित्र पनि प्रदर्शनमा आएको छ । नेपाली चलचित्र ‘माइकल अधिकारी’, ‘कृष्ण लिला’ र ‘प्रेमगन्ज’ प्रदर्शनमा आएका छन् । ‘माइकल अधिकारी’लाई बिहीबार साँझ सम्म क्युएफएक्स चेनले अग्रिम बुकिङका लागी २२ शो उपलब्ध गराएको थियो । यस्तै ‘कृष्ण लिला’लाई १४ शो दिइएको छ । यस्तै ‘प्रेमगन्ज’लाई १२ शो मात्र दिइएको छ ।

रिलिजको अघि सम्म यी तीनै चलचित्रले दर्शक तथा बिभिन्न चलचित्रकर्मिले बिभिन्न ढंगबाट टिकाटिप्पणी गरिरहेका छन् । चलचित्र ‘कृष्ण लिला’को टिमले काठमाडौं बाहिर केहि ठाउँमा पुगेर कन्सर्ट पनि गरेको थियो । काठमाडौं बाहिरका दर्शक तान्नका लागी कलाकार तथा निर्माण टिम नै मोफसलमा निस्किएको थियो । यस्तै चलचित्रका नायक पुष्प खड्काले अर्को बोल्ड निर्णय पनि लिनुभएको छ । उहाले बिहीबार चलचित्र ‘कृष्णलीला’ नचलेको खण्डमा पारिश्रमिक फिर्ता गर्ने घोषणा गर्नुभएको छ ।  उहाँले भन्नुभएको छ, ‘चलचित्र चल्दा मात्रै होइन नचल्दा पनि कलाकारको केही न केही दायित्व हुनुपर्छ । मेकर मात्र मर्कामा पर्दा समस्या हुन्छ । यसैले, यो चलचित्र चलेन भने पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेको हुँ ।’ तर नायक पुष्पले पारिश्रमिक फिर्ता गर्ने अवस्था नआउने बताउनु भएको छ ।

दिपक वलीको निर्देशनमा तयार यो चलचित्रमा पुष्पको साथमा श्रद्धा क्षेत्री मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्र प्रेमकथामा आधारीत छ ।

यस्तै चलचित्र ‘प्रेमगन्ज’ र ‘माइकल अधिकारी’ले भने प्रदर्शन अघि प्रिमियर शो गरेका छन् । जुन शोमा बिभिन्न चलचित्रकर्मि, सञ्चारकर्मि तथा राजनितिज्ञहरुको पनि उपस्थिती थियो । बिशेषगरी चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर शोमा राजनितिज्ञ राजेन्द्र लिंगदेन देखी रबि लामिछानेले चलचित्र हेर्नुभएको थियो । चलचित्र हेरिसकेपछि चलचित्र उत्कृष्ट रहेको भन्दै सबैलाई चलचित्र हेर्न उहाँहरुले आग्रह पनि गर्नुभएको थियो ।

चलचित्र ‘प्रेमगन्ज’ले पनि राम्रो प्रतिक्रिया पाएको छ । प्रिमियरमा उपस्थित चलचित्रकर्मिहरुबाट राम्रो प्रतिक्रिया पाएसँगै यो चलचित्रको निर्माण टिम खुसी देखिन्छ । चलचित्र ‘माइकल अधिकारी’का प्रस्तुतकर्ता उद्धव पौडेल हुनुहुन्छ भने चलचित्रमा सृष्टि श्रेष्ठ र सौगात मल्लले जोडीको भूमिका निर्वाह गर्नुभएको छ । रञ्जित रौनियार निर्देशित चलचित्रले सरोगेसीको विषयवस्तु पेश गर्छ ।