बसन्ती राईको ‘बेबी बसन्ती’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक गरिएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । पुर्वेली तथा आधुनिक गीतहरु ल्याइरहने बसन्तीले पहिलो पटक बिल्कुलै फरक आइटम गीत ल्याएकी हुन् ।

चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भिर बिष्टले निर्देशन गरेको म्युजिक भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डीत र कमेडियन फुलन्देकी आमा उमेश राईसंग ठुम्का लगाएकी छिन् । बसन्ती र आकाशको हट डान्ससंगै रोमान्टिक मुडमा पनि देखिएका छन् । यस म्युजिक भिडियोमा कलाकार सुरवीर पण्डीतलाई फरक गेटअपमा निर्देशक गम्भिरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुती दर्शकहले फरक स्वादको रुपमा लिन सक्नेछन् । त्यस्तै फुलन्देकी आमाको पात्रपनि पहिलो चोटी क्लवमा डान्स गर्न पुगेकी छिन् ।

बसन्ती राईको प्रस्तुतीमा बनेको म्युजिक भिडियो गम्भिरको निर्देशनसंगै कोरियोग्राफीपनि रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा एडिट तथा कलर नबिन निरौलाको रहेको छ । बसन्तीको यो भन्दा अगाडी चर्चित गायक राजेशपायल राईसंग गाएको ‘सोई ढोले सोइ’, महानायक राजेश हमालसंग मोड्लिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’ लगायत धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । यो गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।