गणेशको ‘भागी भागी’मा गजित

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

अग्रज गायक गणेश थापाका अर्को नयाँ गीत 'भागी भागी नहिँड' को भिडियो यतिबेला दर्शकमाझ आएको छ । यो गीतको भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । दशैं अघि आफ्नो पछिल्लो गीत बजारमा ल्याएका गायक थापाले फेरी यतिबेला यो नयाँ गीत ल्याएका हुन् ।

आधुनिक÷पप शैलीको गीतलाई सुदन लुईटेलले लेखेका हुन् । जसमा नरेन्द्र प्यासीको संगीत, बिनोद भुजेलको संगीत संयोजन र कुमार केसीको मिक्सिङ तथा रेकर्डिङ छ ।

विलक्षण क्रियसनको म्यानेजमेन्टमा तयार भएको यो भिडियोमा अभिनेता द्धय गजित बिष्ट र श्रीदेव भट्टराई, गायिका तथा मोडल सञ्चालकर्मी सरिता भारतीको मुख्य भूमिका छ । सरितासँग गजित र श्रीदेवको त्रिकोणात्मक प्रेम कथा जस्तो जेखिने भए पनि यसको कथा फरक रहेको गायक गणेश थापाले बताएका छन् । हास्य प्रधान भिडियोले दर्शकको मन जित्ने उनको कथन छ । भिडियोको बाँकी कलाकारमा सुवास खड्का, रोशनी श्रेष्ठ, आशिष नेपाल र नुर मुहम्मद रहेका छन् ।

भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । परिवारको सदस्याका कारण प्रेममा आउने समस्या र सँघर्षलाई आफुले यो गीति भिडियोको कथामा उतारेको निर्देशक क्षत्रीले बताए ।

चलचित्रका छायाँकार दिब्यराज सुवेदीले यो भिडियोको छायाँकन गरेका हुन् । जसमा प्रिया श्रेष्ठको सृँगार, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रँग संयोजन रहेको छ । सवला थापाले निर्माण गरेको यो गीत र भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको गायक गणेश थापाले बताएका छन् ।