मेरी बास्सैकी सुन्तली अब मोडलिङ गर्न थालिन् (भिडियो)

...

माघ, काठमाडौं । मेरी बास्सैमा ‘सुन्तली’को भुमिकामा देखिने कुञ्जना घिमिरे ले अब मोडलिङ पनी गर्न थालेकी छिन् । रिल लाईफमा सुन्तलीको भुमिकामा देखिरहेका दर्शकले उनलाई उनको खास अनुहार देख्न पाएका थिएनन् तर अब मोडलिङ गर्दा उनलाई कुञ्जनाको भुमिका देख्न सकिनेछ अर्थात उनको सक्कली अनुहार देख्न सकिनेछ।

dhurmus suntaliदिनेश थपलियाको गिती एल्बम ‘सारांश-२’ मा समावेश भएको ‘आई लभ यु’ बोलको गीतमा सुन्तली र पल शाह एक साथ देखिएका हुन् । सिन्धुलीको विपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मुस) पनि देखिएका छन् । निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ । बसन्त सापकोटाको संगीत रहेको गीतको कारियोग्राफि कविराज गहतराजले गरेका हुन् । गीतको छाँयाकन सञ्जय लामाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् ।