पारस खड्काद्धारा ‘च्याम्पियन’को ट्रेलर/पोष्टर सार्वजनिक

...

माघ, काठमाडौं । क्रिकेटर पारस खड्काले फिल्म ‘च्याम्पियन’को ट्रेलर र पोष्टर सार्वजनिक गरेका छन् । क्रिकेटरको जीवनी माथि बनाईएको फिल्म च्याम्पियनको ट्रेलर र पोष्टर एक पत्रकार भेटघाट कार्यक्रममा पारसले सार्वजनिक गरेका हुन् ।
paras khadka with champian film teamकार्यक्रममा बोल्दै पारसले फिल्मको प्रमोसनमा पनी आफुले सहयोग गर्ने बताए । क्रिकेटरको जीवनमा बनेको फिल्म भएकोले एक पटक हलसम्म पुगेर फिल्म हेर्न सबैलाई आग्रह समेत गरे । फिल्ममा दिक्पाल कार्कीको मुख्य भुमिका रहेको छ । सानैदेखी क्रिकेट खेलमा रुचि भएको तर बिबिध कारणले क्रिकेट खेल्न असहज भएको र अन्तिममा ठुलो संघर्षले लक्ष्य हासिल गरेको उनको भुमिका देख्न सकिन्छ ।

champion-posterफिल्मलाई बिबि फुँयालले निर्देशन गरेका हुन् भने रिता पोख्रेल फिल्मको निर्मात्री हुन् । फिल्ममा मन्जिता केसी, जोएन घिमिरे, जगत टमाटा, शारदा आचार्यको अभिनय देख्न सकिन्छ । फिल्मलाई पवन गौतमले खिचेका हुन् । फिल्म आउँदो फागुन १४ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।