‘तिम्रो मेरो साथ’को ट्रेलरः प्रेममा उतारचढाव

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र  ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा प्रेममा आएको उतारचढावलाई देखाइएको छ । चलचित्रका मुख्य कलाकार साम्राज्ञी शाह र पुष्प खड्का बिचको प्रेमलाई ट्रेलरमा देख्न सकिन्छ । तीन मिनेट लामो ट्रेलरमा प्रेमको बिचमा आउने रोमान्स, ड्रामा, थ्रीलर र बदला छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलरको प्रतिक्रिया औसत छ । सामाजिक सञ्जालमा आएको प्रतिक्रिया हेर्ने हो भने दर्शकले मध्यम रुपमा लिएका छन् । चलचित्रको सस्पेन्स पाटोलाई ठुलो औतुहोल्ताको रुपमा लिइएको छैन । ट्रेलरमा सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाललाई पनि हामीले देख्न सक्छौं ।

अर्नव पौडेल, आर्यन पौडेल र पासाङ लामा निर्माता रहेको फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हो । निर्देशक समेत रहेका पौडेल निर्माता समेत हुन् । कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सबिर श्रेष्ठ छन् ।