‘गुवाली’मा नाजिर हुसेको लुक्स यस्तो

...

माघ, काठमाडौँ । नयाँ चलचित्र ‘गुलावी’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको यो महिला निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भुमिकामा देखिएका छन् । नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ । चलचित्रका लागी नाजिरले १६ केजी तौल समेत घटाएका छन् ।  

चलचित्रमा नाजिरसँगै अभिनेत्री संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने  संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।