सर्ट मुभी ‘किन’ सार्वजनिक

...

माघ, काठमाडौँ । सर्ट मुभी ‘किन’ सार्वजनिक भएको छ । विभिन्न फिल्मी फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र ‘किन’ लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो ।

गणेश उप्रेदी , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिस्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । चलचित्र सार्वजनिक भए लगतै दर्शकहरुबाट आएको सकारात्मक प्रतिकृयाले नयाँ उर्जा मिलेको निर्देशक बिस्व बताउछन ।

चलचित्रमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिस्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेतीको सह–निर्दशन बिष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन देख्न सकिन्छ ।