फेरी आयो ज्योती मगरको ‘ढाडे बिरालो’ जस्तै अर्को गित ‘साडे गोरु’ (भिडियो)

...

माघ, काठमाडौं । गएको तिजमा अत्यधिक हिट र विवादित गित ‘ढाडे बिरालो’ गितको टिमले फेरी ‘साँडे गोरु’ बोलको गित बजारमा ल्याएको छ । मोडल ज्योती मगरलाई तिजगितमा छोटा पहिरनमा नचाएको भन्दै बिवादमा मुछिएको ढाडे बिरालो टिमले फेरी मोडल ज्योतीलाई नै नचाएर अर्को गित निकालेको हो ।
jyoti magar new songगायक प्रकाश कटुवाल र गायिका श्रीदेवी देवकोटाको स्वरमा रहेको ‘साँडे गोरु’ बोलको गितमा मोडल ज्योती मगरको साथमा जादुगर महादेव त्रीपाठी देखिएका छन् । ‘सिधै हान्न नखोजन साँडे गोरु झैं’ भन्दै नृत्य गरेका यि जोडीको गितको भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका हुन् । साथै गितमा शब्द लेखक तथा गायक बिनोद ढकालले शब्द लेखेका छन् ।

पटक पटक बिवादीत गित बजारमा ल्याउने र विवाद खेप्ने गायकका रुपमा चिनिएका गायक प्रकाश कटुवालले ‘साँडे गोरु’ गितले बजारमा त्यस्तो नराम्रो सन्देश दिन नखोजेको प्रष्ट्याएका छन् । गएको गितको ढाडे बिरालो जस्तै हिट बनाउने तरिकाले भिडियो बनाउनु भएको हो भन्ने आर्टिस्ट खबरको प्रश्नमा गायक प्रकाशले हिट बनाउने भन्दा नि गितको शब्दले खोजेको भिडियो भनेको बताए ।

भिडियोलाई मधुर बस्नेतले खिचेका हुन् भने सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।