चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष केसी

...

माघ, काठमाडौँ । चलचित्र बिकाश बोर्डका अध्यक्ष कलाकार भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन् । पाइरेसीबाट चलचित्र क्षेत्रलाई नै ठुलो नोक्सानी हुँदै आएको र भोलीका दिनमा त्यस्तो नोक्सानी रोक्नका लागी बोर्डले बिशेष ऐन ल्याउने तयारी गरेको अध्यक्ष केसीले बताएका हुन् ।

bhuwan-kc.jpg

अध्यक्ष केसीले शनिबार चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको कार्यशालाको समापन समारोहमा बोल्दै बोर्डको टिमले अहिले ऐनको काम गरिरहेको जानकारी गराए । उनले भने, ‘चलचित्रको प्रदर्शनको क्रममा हुने पाइरेसीले जटिल समस्या ल्याउँछ । त्यस्तो पाइरेसी रोक्नुपर्छ । बोर्डले त्यसको ऐनका लागी काम गरिरहेको छ ।’ 

चलचित्र पत्रकार संघ नेपालले गरेको दुईदिने कार्यशाला चलचित्र बिकाश बोर्डकै हलमा सम्पन्न भएको थियो ।

तस्बिरः सुरेन्द्र थापा ।