प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ९ जना घाइते

...

माघ, धनकुटा । धनकुटा महोत्सव हेर्न आएका ९ जना दर्शक घाइते भएका छन् । गायक प्रमोद खरेलले कन्सर्ट गरिरहेको समयमा हेर्न आएका दर्शक मध्ये ९ जना घाइते भएका हुन् । 

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीका अनुसार अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको छ ।

Dhankuta-Mahotsab-photo.webp

घाइतेहुनेहरु मध्ये केहिको अवस्था गम्भिर रहेको बताइएको छ । गम्भिर घाइते हुनेमा महालक्ष्मी नगरपालिकाकाको माहरेककटरेको श्रेया कटुवाल, जीतपुरको प्रकट श्रेष्ठ, प्रकटको आमा कुशुम श्रेष्ठ छन् । त्यस्तै घाइतेहुने हरुमा धनकुटा नगरपालिका वडा नं. १ हिलेका उदिप राई, आइत राई, नन्दकुमार तामाङ, विशाल तामाङ, धनकुटा–५ शान्ता योगी, ठेगाना नखुलेका वर्ष ११ सुनिल लिम्बु, धनकुटा–७ को अंशु सुवेदी लगायत रहेका छन् ।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको अन्यको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । त्यसपछि कार्यक्रम स्थगित गर्नुपरेको थियो । महोत्सव धनकुटा ५ तल्लो टुँडिखेलमा भइरहेको थियो ।

तस्बिर स्रोतः धनकुटा न्युज