टिकटकबाट लोकप्रिय मिस पबि ‘मेरिबास्सै’मा देखिदै

...

माघ, काठमाडौँ । मिस पबि भनेर चिनिएकी सुदुर पश्चिमको डडेल्धुराकी पवि शाकीले हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा अभिनय गरेकी छिन् । पबिलाई आगामी श्रृंखलामा देख्न सकिनेछ । 

आज (आइतबार) आफू अभिनित नयाँ सिरिज ‘जुनेली’को प्रिमियर कार्यक्रममा उपस्थित भएकी पबिले मेरिबास्सैबाट अफर आएपछि अभिनय गर्ने मौका पाएको बताइन् । ‘मलाई अभिनयका लागी बोलाउनुभयो । मलाई डर लागिरहेको थियो डाइलग सहितको अभिनय गर्न सक्दिन कि भन्ने । आगामी दुई इपिसोडका लागी काम गरेकी छु ।’ पबिले भनिन् । ‘मेरि बास्सैमा पनि सुदुरपश्चिमकै लवजमा बोलेकी छु ।’ 

IMG_9399.jpg

बुझिए अनुसार मेरिबास्सैमा दाह्राी बाको भूमिकामा रहेका सुरबिर पण्डितको नातिनीको भूमिकामा अभिनय गरेकी छिन् । पबिको समय मिलेको खण्ड आगामी दिनमा उनको अभिनय निरन्तरता हुन सक्ने टिमको निर्णय रहेको मेरिबास्सैका कलाकार लेखान्त भुसालले जानकारी दिए । भुसालले आगामी दुई श्रृंखला दर्शकका लागी बिशेष रहन सक्ने बताएका छन् । 

*मिस पबि हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक