राजु लामाले ठमेलको टर्टल क्लबमा कन्सर्ट गर्ने

...

माघ, काठमाडौँ । गायक राजु लामाको ब्याण्ड मंगोलियन हार्टले काठमाडौंको ठमेलस्थ्ति टर्टल लाउन्ज एण्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएको छ । बताइएअनुसार गायक लामाको टिमले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिनेछन् । 

कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरु ‘पर्खाइमा भिज्यो सिरानी’, ‘तिमीलाई देखेर’, ‘हल्ला चलेछ’, ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘सायद तिम्रो बाटोमा’ लगायत गीत प्रस्तुत गर्नेछन् । उक्त कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिती रहनेमा टर्टलका सञ्चालक आयुष ठकुरी विश्वस्त छन् ।

raju-lama-concert.jpeg

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताएका छन् ।