‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउने

...

माघ, काठमाडौँ । रोस्टिङ टेलिभिजन शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन आउने भएको छ । पहिलो सिजन तीन महिना अघि सकिएको छ । अब दोस्रो सिजनको तयारी सुरु भएको शोकी निर्देशक श्रद्धा प्रसाईंले जानकारी दिइन् । 

‘हामीलाई पहिलो सिजन सकिएपछि दोस्रो सिजन कहिले आउँछ भन्ने प्रश्न धेरै आए । हामी अहिले दोस्रो सिजनकै तयारीमा छौं ।’ निर्देशक प्रसाईंले भनिन्, ‘अहिले आन्तिरिक काम भइरहेको छ, मार्चबाट सुट सुरु हुन्छ ।’ उनका अनुसार यसपटक शो अझ रमाइलो हुनेछ । शोमा केहि कुराहरु परिवर्तन पनि हुनेछन् ।

यस्तै ‘आम्मा कसम याँ दुख्छ’का कन्सेप्ट क्रिएटर, सेट डिजाइनर तथा होस्ट बिक्की अग्रवालले पनि दोस्रो सिजनका लागी आफूहरु उत्साहित रहेको बताए । उनले पहिलो सिजनलाई दर्शकले दिएको मायाका कारण दोस्रो सिजन ल्याउन लागेको बताए । बिक्की भन्छन्, ‘हामीले नेपालका लागी नै पहिलो रोस्ट शो सुरु गरेका थियौँ । राम्रो प्रतिक्रिया पाएका थियौँ । रोस्ट शो भएकाले दर्शक र शोमा उपस्थित हुने गेष्टले पनि नयाँ अनुभुति गर्न पाउनुभयो । दोस्रो सिजनमा पनि थप रोचक हुनेछ ।’

aamakasam.jpg

बिक्कीका अनुसार शोमा पहिलो सिजनमा फिचर्ड भएकी बिना त्रिपाठी (डिजे माया)लाई फरक ढंगबाट प्रस्तुत गरिनेछ । साथै यसपटक केहि सेग्मेन्ट र केहि कमेडियनहरु थपिने उनले जानकारी दिए । दोस्रो सिजन २२ भागको रहनेछ ।

शोमा सुशान्त बस्याल र बिकाश अग्रवालले स्क्रिप्ट लेख्नेछन् । प्रमोद अर्याल डिओपी रहेको यो शोलाई माधव बेल्बासेले सम्पादन गर्नेछन् । साथै शोको अडियो डिजाइनरमा देब न्यौपाने रहेका छन् । शोको मिडिया सहजिकरणमा गोपिकृष्ण चापागाईँ रहेका छन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । शोको कार्यकारी निर्माता अमन प्रताप अधिकारी हुन् ।