निर्देशक विज्ञान राईको एक दशकः हिन्दी गीतमा पनि निर्देशन

...

माघ, काठमाडौँ । हिन्दी गीतहरुमा आफ्नो निर्देशकिय कला देखाएका विज्ञान राईको ब्यस्तता बढ्न थालेको छ । आफ्नो सांगितीक क्षेत्रको एक दशकको सक्रिएतामा उनले सयबढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । यहि क्रममा उनले तीन वटा हिन्दी गीतहरुको म्युजिक भिडियोको निर्देशन पनि गरिसकेका हुन् । 

केही दिनअघि काठमाडौंमा आयोजित एउटा समारोहमा विज्ञानलाई प्रतिभाशाली म्युजिक भिडियो निर्देशकको रुपमा सम्मानित गरिएको छ । मिस मंगोल नेपाल २०२२ को समारोहमा निवर्तमान संस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले निर्देशक राईलाई सम्मानित गरेका हुन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको ब्रिटिश गोर्खा ग्रुपको कार्यक्रममा गोर्खाली गाथामा छायांकार तथा भिजुअल एडिटरको रुपमा आफ्नो करियर प्रारम्भ गरेका विज्ञान राईले त्यसपछि नेशनल टेलिभिजन, तराई टेलिभिजन, माउन्टेन टेलिभिजन आदि सञ्चार माध्यममा समेत भिजुअल एडिटरको रुपमा काम गरे । 

भिजुअल एडिटरको रुपमा स्थापित भएपछि विज्ञानले म्युजिक भिडियो निर्देशनको क्षेत्रमा हात हालेका हुन् । त्यसअघि नै वृत्तचित्र तथा टिभिसीहरु निर्देशन गरिसकेका विज्ञानलाई पर्यटन बोर्ड तथा जिल्ला विकास समिति संखुवासभाले संयुक्त रुपमा निर्माण गरेको वृत्तचित्त टुरिजम इन संखुवासभाले दर्शकमाझ परिचित गराएको थियो । 

विज्ञानले म्युजिक भिडियोमा पनि राम्रो सफलता हासिल गरेका छन् । गायिका मेलिना राईको स्वरका अत्यन्त लोकप्रिय गीत ‘तिम्ले बाटो फेर्यो अरे–१’ गीतको म्युजिक भिडियोको निर्माण, निर्देशक, छायांकन तथा सम्पादन समेत उनैले गरेका हुन् । यो भिडियोले हालसम्म दुई करोड भन्दा बढी भ्युज पाइसकेको छ । त्यसयता उनले निर्देशन गरेका गीतहरु नरुनु है, नयन भरी आदिका म्युजिक भिडियोहरु अत्यन्त लोकप्रिय मानिन्छन् । 

यासिर देसाइको स्वरको ‘प्यारका नशा’ तथा फाशलों पे तथा अल्तामश फरिदीको स्वरको तेरे दर्द मैं जस्ता हिन्दी गीतका म्युजिक भिडियोहरु पनि निर्देशक विज्ञान राई नै निर्देशन गरेका हुन् । यी भिडियोहरुले लाखौं भ्युज पाएका छन् ।  

director-bigyan-rai-photo.jpg

म्युजिक भिडियोमा उत्कृष्ट काम गरेकै कारण उनी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुँदै आएका छन् । अघिल्लो वर्ष नवौं म्युजिक खबर म्युजिक अवार्डमा पुरस्कृत भएका छन् । 

मिस मंगोल नेपाल २०२१ को निर्णायकको रुपमा समेत रहेका विज्ञानलाई हालै सम्पन्न मिस मंगोल नेपाल २०२२ मा आयोजक संस्था एक्सन इन्टरटेन्मेन्टले उत्कृष्ट म्युजिक भिडियो निर्देशकको रुपमा सम्मान गरेको हो । 

निर्देशक राई निकट भविष्यमै फिल्मको निर्देशनमा समेत आफूलाई अघि सार्दैछन् । ‘एउटा फिल्मको स्क्रिप्टमा काम भैरहेको छ’, उनी भन्छन्– ‘सम्भवतः यो वर्षको अन्त्यसम्ममा हामी फिल्मको काम थाल्ने छौं ।’