सुरक्षा र नरेनको ‘बुलाकी’ टिजरमा कर्णालीको ग्रामीण जीवन

...

माघ काठमाडौँ ।चलचित्र ‘बुलाकी’ को टिजर सार्वजनिक गरिएको छ । नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने यो चलचित्रको सार्वजनिक दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ ।
 
लक्ष्मण सुनार निर्देशीत चलचित्र टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् भने उनीहरुको साथमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् । 

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम्,अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको चलचित्र को बितरण त्रिनेत्रम् र एफडी गर्दैछ ।