माघ, पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले नयाँ नेतृत्व पाएको छ । संघको शनिबार भएको पाँचौं अधिवेशनले अध्यक्षमा प्रभु अधिकारी सहितको नयाँ नेतृत्वमा सर्वसम्मत कमिटि चयन गरिएको हो ।
संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत चुनिए ।
यसैगरी, संघको कार्यसमिति सदस्यहरूमा विनिता सुनार, गौरव त्रिपाठी, सुरेश सुनार, प्रेम थापा, एलिजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल र सिद्धार्थ गौतम रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा सुशन घिमिरे र आशिष पुरी चयन भए ।

अधिवेशनका अवसरमा अग्रज कलाकार माओत्से गुरुङलाई सम्मान गरिएको थियो भने पूर्व अध्यक्ष रेम बिक र सल्लाहकार राजाराम पौडेललाई जितप्रसाद द्वा चलचित्र पुरस्कारबाट नगद २५ हजार सहित पुरस्कृत गरिएको थियो ।
यस्तै, संस्थापक अध्यक्ष श्रीराम सिग्देलसहितका तत्कालीन कमिटिका पदाधिकारी, सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
पोखराका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यता एवं कार्यवाहक अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्कीका अध्यक्ष विमला भण्डारी, निवर्तमान अध्यक्ष अरूण गिरी लगायतले बोलेका थिए ।
Photo Source: Juckson.com







२८ माघ २०७९, शनिबार २२:१० 








