चलचित्र ‘हुक्का’को भ्यालेन्टाइन लुक्समा तेज र अशु

...

माघ, काठमाडौँ । चलचित्र  ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक गरिएको छ । आज प्रेम दिवसको अवसर पारेर पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरमा चलचित्रका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपानलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ । चलचित्रमा प्रमिला र तेजका अलावा प्रकाश घिमिरे अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै चलचित्रमा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको ध्वनी मिश्रण छ ।
पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् । चलचित्र आगामी चैत ३ गतेबाट प्रदर्शन हुने तयारीमा छ