जापानको टोकियोमा सुरु भयो नेपाली रोधी

...

माघ, काठमाडौं । जापानको राजधानी टोकियोमा नेपाली रोधी क्लव सुरु भएको छ । टोकियोको केन्द्रबिन्दु सिन्जुकु नजिकैको नेपाली बस्ती शिनओकुबोमा गतसाता देखि बिधिवतरुपमा रोधी क्लव सुरु भएको हो ।
nepali rodhi in tokiyo japanजापानका नेपाली व्यवसायीहरुको एक समुहको लगानीमा सुरु भएको सो सोधीको उद्घाटन कार्यक्रममा सयौं नेपालीहरु झुम्मिएका थिए । बर्षौ देखि जापानमा रहेर काम गर्दै आएका नेपालीहरुले सुरुको दिनमा रोधीको तिर्सन मेटेका थिए । कार्यक्रममा जापानका लागी कार्यवाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक गायिकाहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा चर्चित गायिका शान्ति श्री परियार, शिला गुरुङले बिशेष प्रस्तुतीका साथमा दोहोरी खेलेका थिए । त्यस्तै नृत्याङ्गना सलिना नेपालीको आकर्षक नृत्यलाई पनि दर्शकहरुले निकै मन पराएका थिए । गायिका शान्ति श्री परियारले जापानमा रहेर पनि नेपाली मौलिकता झल्किने रोधीक्लव बन्दा जापानका रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आफ्नै देशको प्यास मेटिने बताईन् । साथै उनले बिभिन्न नेपाली गित गाएर मनोरञ्जन दिलाएकी थिइन् ।

shanti shree pariyan in japan nepali rodhiरोधीक्लवको अध्यक्ष महेन्द्र खड्काले जापानको व्यस्तता र थकाइलाई आफ्नै मौलिक साँगीतिक माहोलमा रमाउने बिसौनीको रुपमा लिएर रमाउन आग्रह गरेका थिए । सो रोधीमा सभा, गोष्ठि, सेमिनार, भेला, विवाह, ब्रतवन्ध, पास्नी लगायतका कार्यक्रम गर्नका लागि २ सय सीट क्षमता रहेको छ ।