युट्युव ट्रेण्डीङ्गको शिर्ष स्थानमा ‘छक्का पन्जा ४’ ट्रेलर

...

फागुन, काठमाडौँ । नेपाली चलचित्रमा एक ब्राण्डको रुपमा स्थापित भएको ‘छक्का पन्जा’लाई दर्शकले बिशेष रुपमा हेर्ने गरेका छन् । यसैबिच यहि फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ४’ले दर्शकको ध्यान तानिरहेको छ । ट्रेलर सार्वजनिक भएको एकदिनमै चलचित्रको चर्चा बढ्दै गएको छ । अहिले ट्रेलरले नेपालको युट्युव ट्रेण्डीङ्गको शिर्ष स्थानमा उक्लिएको छ । 

सकारात्मक प्रतिक्रिया सहित यो ट्रेलर पहिलो नम्बरमा आइपुगेकोे हो । उत्कृष्ट चलचित्र निर्माण गर्ने टीमको रुपमा परिचित यो टीमले यो पटक पनि रेकर्ड ब्रेक गर्न सक्ने कमेन्ट दर्शकले दिइरहेका छन् ।

राजनैतिक विषय र परिवेशलाई यो पटक ‘छक्का पन्जा ४’ को कथामा  समावेश गरिएको छ  । हेमराज बि.सी. को निर्देशनमा तयार भएको चलचित्रमा निर शाह, दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ्ग, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्मल शर्मा र केदार घिमिरे चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन् ।