फिल्म प्रचार गर्न ‘मेरी बास्सै’मा पुगे माग्ने बुढा

...

फागुन, काठमाडौँ । हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा हाँस्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढा देखिने भएका छन् । उनी आज (मंगलबार) प्रसारण हुने श्रृंखलामा आफ्नो चलचित्र छक्का पञ्जा ४ को प्रचारका लागी माग्ने बुढाकै भूमिकामा देखिनेछन् ।

मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्बजनिक गरिएको छ । छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागी मेरी बास्सै पुगेका हुन् । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरे संगैं बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरु छन् वा छ्रैनन् त्यो पनि स्पष्ट छैन् ।

796 Meri Bassai Community final.jpg

मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो । उही पुरानो आफुलाई परिचय दिएको टेलिफिल्ममा फेरी देखिन पाउँदा माग्ने बुढा हर्षित देखिएका छन् । मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको छ ।