पल शाहलाई सफाइ दिएको विरोधमा पोखरामा प्रदर्शन

...

फागुन, काठमाडौँ । जबरजस्ती करणी गरेको मुद्दा लागेका कलाकार पल शाहले सफाइ पाएको भन्दै उच्च अदालत पोखरा बाहिर प्रदर्शन भइरहेको छ । अभिनेता पल शाहलाई अदालतले अपराध गर्दा गर्दे सफाइ दिएको भनेर अदालत बाहिर बिरोध भइरहेको हो ।

केहि महिला लगायतले ‘न्यायालय होसियार, ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका थिए । धर्नामा सहभागी सलिजा श्रेष्ठले फागुन १४ गते अदालतले जुन पिडकलाई न्याय दिने काम भयो । यसले यौन हिंसामा पीडितलाई न्याय दिनुपर्ने भन्दा पनि आहत पुगेको बताएकी छिन् ।  उनले नवलपुर जिल्ला अदालतले बाल यौन दुराचार फैसला गरे पनि उच्च अदालतले बदर गरेर न्यायालयप्रति नै मानिसहरूको विश्वास गुम्ने खतरा देखिएको पनि बताएकी छिन् ।

अदालतले गरेको फैसलाले न्याय पाउनुपर्ने  पीडितहरूलाई अन्याय गरेका परेकाले उक्त फैसलालाई तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । अभियोग दाबी नपुग्ने भन्दै आइतबार कलाकार शाहलाई सफाइ दिइएको थियो । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरिएको थियो । 

नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले पल शाहलाई सफाइ दिने फैसला गरेको थियोे । माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पल शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर भन्दै  शाहलाई सफाई दिएका थिए ।