शनिबारको क्यूएफएक्स शोः ‘छक्का पन्जा ४’ लाई भन्दा ‘छड्के २’ लाई झण्डै तेब्बर कम

...

फागुन, काठमाडौँ । गएको शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘छक्का पन्जा ४’ र ‘छड्के २’ले प्रदर्शनको पहिलोदिन पार गरेका छन् । शुक्रबार यि दुई चलचित्र मध्ये ‘छक्का पन्जा ४’ले दर्शकको साथ बढी पायो । अनमोल केसीको मुख्य भूमिका रहेको ‘छड्के २’ले दर्शकको मन खासै जित्न सकेको छैन । क्यूएफएक्स चेनले बिस्तारै शोहरु घटाउँदै गएको छ । 

शुक्रबार बिहान ‘छक्का पन्जा ४’ लाई क्यूएफएक्सले जम्मा ६३ शो दिँदा ‘छड्के २’ ले ४० शो पाएको थियो । तर आज (शनिबार) हिजोको तुलनामा शो धेरै घटाइएको छ । आज बिहान १० बजेसम्मको क्यूएफएक्सले दिएको शो हेर्ने हो भने ‘छक्का पन्जा ४’ लाई ६३ शो दिइएको छ भने ‘छड्के २’लाई झण्डै तेब्बर कम २४ शो मात्र दिइएको छ । ‘छड्के २’ को अग्रिम बुकिङ निकै कम छ । यो तुलनामा क्यूएफएक्सले साँझसम्म ‘छड्के २’लाई दिएको शो घटाउँदै जानेसक्ने देखिन्छ । 

chakk-panja-4-movie.png(‘छक्का पन्जा ४’ टिमका दिपकराज गिरी, दिपाश्री निरौला र राज आचार्य हलमा पुगेर मिडियासँग अन्तक्र्रिया गर्दै)

‘छड्के २’ लाई आजका लागी ठमेलस्थित क्यूएफएक्स छाँया सेन्टरले जम्मा ४ शो दिएको छ । त्यसपछि क्यूएफएक्स सिभिल मलले जम्मा ३ शो दिएको छ । ‘छक्का पन्जा ४’ लाई क्यूएफएक्स सिभिल मल र भक्तपुरले ७/७ शो दिएका छन् । यस्तै बिराटनगर, बुटवल, नारायणगढ, दमौली लगायतका मोफसलका क्यूएफएक्सले पनि कम्तिमा ५ शो दिएका छन् । 

दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे लगायतको ‘छक्का पन्जा ४’ को टिम दर्शकसँग साक्षात्कार गर्न काठमाडौंका बिभिन्न हल पुगेका छन् । शुक्रबार पनि उनीहरु केहि हलमा पुगेका थिए । साथै आजपनि बिभिन्न हलमा पुग्दैछन् । तर ‘छड्के २’को टिमले यसकिसिमको कुनैपनि गतिबिधि गरेको देखिदैन । प्रदर्शन अघि पनि कुनै प्रचार नगरि चुपचाप नै बसेको थियो । 

chadke-2-trailer.JPG                                                                                     (‘छड्के २’मा समावेश एक दृश्य)

हेमराज विसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा दीपकराज स्वयंको कथा, पटकथा तथा संवाद छ ।

यस्तै ग्याङस्टर जनरामा निर्माण भएको ‘छड्के २’लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ चलचित्रका निर्माता हुन् ।