चलचित्र ‘छक्कापञ्जा ४’: चार दिनमा ६ करोड हाराहारीमा कमाइ

...

फागुन, काठमाडौँ । चलचित्र ‘छक्कापञ्जा ४’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । नेपाल भित्रका १ सय ४० हलमा एकसाथ प्रदर्शन भइरहेको चलचित्रले चौथो दिनसम्म आइपुग्दा लगभग ६ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । सुरुवातमा दुई दिनमा तीन करोड कमाएको यस चलचित्रले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमाएको हो ।

आइतबार मात्रै चलचित्रको कमाइ झण्डै एक करोड नागेको खबर प्राप्त भएको छ भने चलचित्र रिलिजको चौथो दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको बुझिएको छ । वितरक मनोज राठीले यस चलचित्रको कमाइ तत्कालै रोकिने छाँटकाँट नदेखिंएको र फिल्मले धेरै कमाउन सक्ने बताएका छन् ।’

मंगलबार तराईमा हुने होलीको बिदामा चलचित्रले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि चलचित्रले लगभग एक करोड ग्रस गर्ने देखिन्छ  । यस्सो हेर्दा चलचित्रको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिएको छ । को यो कुल कमाइमा मल्टिप्लेक्सको हिस्सा ७० प्रतिशत देखिन्छ । 

‘छक्कापञ्जा ४’ र ‘छड्के २’ एकसाथ रिलिज भएका थिए तर हलसञ्चालकले ‘छड्के २’को शोलाई कटौती गरेर सोे हिन्दी चलचित्रलाई दिइरहेको खबर प्राप्त भएको छ  । मल्टिप्लेक्सले छड्के २ को शोमा भारी कटौती गरेका देखिन्छ । बुधबार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले छड्के २ लाई सिभिल मलमा एक शो मात्र दिएको थियो ।