आगामी मंगलबार दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड सम्पन्न हुँदै

...

चैत, काठमाडौँ । यहि चैत ७ गते (मंगलबार) ‘दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९’ सम्पन्न हुन गइरहेको छ । बिशाल मुभिज प्रा. लि.द्धारा आयोजित उक्त अवार्ड नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा सम्पन्न हुने बताइएको छ ।

समारोहमा लोक तथा दोहोरी गीत संग सम्बन्धित ३१ बिधाका सर्बोत्कृष्ट कलाकारहरुलाई अवार्ड बितरण गरिनेछ । आयोजक समितीका सचिब गोबिन्द नेपालीका अनुसार कार्यक्रममा नेपाली लोक संगीत संग आबद्ध अग्रज तथा अनुज गायक, गायिका, स्रष्टा, सर्जक, संगीत ब्यवसायी तथा सुभेच्छुक, शुभ चिन्तकहरुको उपस्थिती रहनेछ ।

अवार्डको फाईनल कार्यक्रममा बिशाल मुभिज दशक लोक गायक, लोक गायिका सम्मान २०७९, बिशाल मुभिज लोक पत्रकारिता सम्मान २०७९, बिशाल मुभिज लोक बाध्यवादन सम्मान २०७९ लगायतका सम्मानको साथै बिशाल लुम्विनी लोक आईडल २०८० को घोषणा समेत हुने कुरा कार्यक्रम संयोजक धिरज खत्रीले बताए । 

अवार्ड कार्यक्रमको सात सदस्यि जुरी निर्णयकको ५० प्रतिशत,अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितीको १० प्रतिशत निर्णयको आधारमा ३१ बिधाका करिब ४० जना कलाकार बर्षको सर्बोत्कृष्ट अवार्ड द्धारा सम्मानित हुने जानकारी अवार्ड कार्यक्रमका अध्यक्ष हुम गैरेले जानकारी दिए । 

बिधागत अवार्डका साथै जुरी अवार्ड,पब्लिक च्वाईस अवार्ड, पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्ड लागायतका बिधाबाट पनि केही कलाकारहरु सम्मानित हुने आयोजक समितीका जुरी निर्णायक बरिष्ठ गायक ईन्द्र जि.सी.ले जानकारी गराए ।