यूएईको आबुधाबी प्रहरीमा कार्यरत बिमल अधिकारी केकीसँग मोडलिङमा

...

फागुन, काठमाडौं ।  बिगत दश बर्षदेखी युएईको आबुधाबी प्रहरीमा कार्यरत नेपाली बिमल अधिकारी मोडलिङ तर्फपनी जम्नेक्रममा छन् । प्रवासमा रहेर पनि गितसंगितलाई माया गर्दैआएका बिमलले भर्खरमात्रै चर्चित मोडल केकी अधिकारीसँगको एक गितमा मोडलिङ गरेका छन् । जुन गित यसैसाता बजारमा आउँदैछ ।
bimal adhikari and keki adhikariमोडल बिमलले आफ्नै लय शब्द संकलनमा रहेको ‘पोखरामा…’ बोलको लोक पप गितमा केकीसँग मोडलिङ गरेका हुन् । जसमा स्वर भने बुद्धि अधिकारीको रहेको छ । मायाप्रेमको भाव समेटिएको सो गित पोखरा र काठमाडौंका रमणिय स्थलमा छायांकन भएको बिमलले बताए । “नेपाली गितसंगित मनमा भएपछि आफु जहाँ भएपनि छोड्न सकिँदो रहेनछ, प्रवासको कामसँग गितसंगितलाई पनि अगाडि बढाउँनेछु”, बिमलले आर्टिस्ट खबरसँग भने । मोडल बिमलले युएईबाट नेपालमा बिदामा आएको बेला गितको छांयाकन गरेका हुन् । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् । बिमल अधिकारीको यसभन्दा अघिका एल्बमपनि दर्शक तथा स्रोताले मन पराएका थिए । उनका यसभन्दा अघि ‘डिभी पर्याछ’, ‘कोदालीको डाम’ लगायतका गित चर्चित छन् ।
budhhi adhikari singer picगितका गायक बुद्धि अधिकारी पनि प्रवासमै छन् । बिगत चार बर्षदेखी क्यानडामा कार्यरत बुद्धिले यसभन्दा अघि नेपालमै रहेर पशुपति क्यासेट सेन्टर चलाउँदै आएका थिए । नेपालमा रहँदा यस कम्पनीबाट दर्जनौं चर्चित गित बजारमा ल्याएका बिमलले अब पुनः गितसंगितलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए । आर्टिस्टखबर सँगको टेलिफान बार्तामा बुद्धिले प्रवासमै रहेपनि नेपाली गितसंगितलाई भुल्न नसकेको र अनबरत रुपमा गितसंगित क्षेत्रमा अगाडि बढ्ने बताए ।


bimal adhikari - model सामाजिक कार्यमा पनि सक्रिय

मोडल बिमल अधिकारी प्रवासमै रहेर सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । युएईमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनी जो अप्ठ्यारोमा परेका हुन्छन् उनले आफ्नो बिशेष पहलमा सहयोग गर्दै आएका छन् । युएईमै रहेर नेपाली दाजुभाईहरुसँगको सहकार्यमा बिरगोर्खाली ग्रुप नामक संस्था चलाउँदै आएका बिमलले यसैसंस्थाबाट युएईमा रहेर अलपत्र परेका केहि नेपालीहरुलाई सहयोग गरीसकेका छन् । उनी बिरगोर्खाली ग्रुप संस्थाका बरिष्ठ सल्लाहकार पनि हुन् ।

बिमलले दिएको जानकारी अनुसार युएईमा रहँका नेपाली मध्ये जसको असामाहिक निधन हुन्छ उहाँहरुको परिवारलाई आफ्नो संस्थाको तर्फबाट नगद दुईलाख सहयोग गर्ने घोषणा पनी गरेका छन् । उनको बिशेष पहलमा बिरगोर्खाली ग्रुपको आयोजनामा युएईको बिभिन्न शहरमा नेपाली कलाकारलाई लिएर कार्यक्रम पनि गर्दै आएका छन् । उनले बार्षिक दुईवटा नेपाली कार्यक्रम गर्ने लक्ष्य राखेको बताए । उनले प्रवासमा रहेर काम गरीरहँदा नेपाली पन झल्किने कार्यक्रम गरीयो भने नेपालको झल्को मेटिने हुँदा कार्यक्रम गर्नु आवश्यक भएको पनि बताए ।

तस्बिरः बिमल अधिकारीबाट