छायांकन सुरु नहुँदै जय होको विदेश राइट्स बिक्रि

...

चैत, काठमाडौँ । छायांकन हुन बाँकी चलचित्र जय हो को बिदेश राइट्स बिक्री भइसकेको छ । शोभित बस्नेतकको प्रस्तुतिमा निर्माण हुने यो चलचित्र नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग विभिन्न देशमा रिलिज गर्न चाहनेले सम्पर्क गर्नु पर्नेछ । 

देव कार्की सञ्चालक रहेको यो कम्पनिले यसअघि हाल प्रदर्शनरत सिनेमा छक्का पञ्जा ४ र दुई नम्बरी, कबड्डी कबड्डी कबड्डी, आमाका साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा प्रसाद २ को अष्ट्रेलिया राइट्स किनेको थियो ।

टेक पौरखी राईको निर्देशन निर्माण हुने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ  प्रेम पाण्डे , दिपा शक्या श्रेष्ठ, सुबि मगर,  सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।

चलचित्रको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, रहेका छ्न, भिएफएक्स समीर मियाँ छन् । चलचित्र चैत्र ११ बाटगते देखि फ्लोरमा गएको छ । चलचित्र यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ । 

चलचित्रको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।