चलचित्र  ‘प्रेमा’को प्रिमियर सम्पन्न

...

चैत, काठमाडौँ । भोली अर्थात चैत १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमा’को प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा उपस्थिती चलचत्रिकर्मिले सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यसोत प्रिमियरमा धेरै चलचित्रकर्मिको उपस्थिती थिएन । जति कलाकर्मि उपस्थित थिए उनीहरुले दिएको प्रतिक्रिया उत्साहजनक थियो । 

चलचित्र ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन् । उनले चलचित्रको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन् । अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक चलचित्र हेर्न पाएको खुलाए । 

Arun Chhetri AND Subeksha Khadka.jpg

अभिनेत्री सन्ध्या केसीले चलचित्रले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । चलचित्रका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।

अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन् ।

निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए । निर्माता विवेक घिमिरेले फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।

SANDHYA-1.jpg

चलचित्रमा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ । चलचित्रको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।