अर्पण थापालाई लिएर चलचित्र ‘चित्रा’ बन्ने

...

चैत, काठमाडौँ । नयाँ चलचित्र ‘चित्रा’ निर्माण हुने भएको छ । चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । बिहीबार राम नवमीको अवसरमा चलचित्रको मुख्य कलाकार र निर्माण टिम घोषणा गरियो । 

चलचित्रको छायांकन आउँदो बर्षको भदौबाट सुरु हुने बताइएको छ भने चलचित्रमा अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रका लागी अन्य कलाकार छनौट गर्न बाँकी छ ।

पारिवारिक कथामा निर्माण हुने चलचित्रको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । चलचित्रले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुतत गर्ने निर्देशन लामिछानेले बताए ।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो चलचित्रको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ । उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका चलचित्र निर्देशन गरिसकेका छन् ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने चलचित्रको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । चलचित्रमा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक चलचित्रको पनि निर्माण घोषणा गरेका थिए । त्यो चलचित्र पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।