‘आई एम ट्वान्टी वान’को दोश्रो गीत ‘योद्धा’ सार्वजनिक

...

चैत, काठमाडौँ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘आई एम ट्वान्टी वान’मा समावेश ‘योद्धा’ बोलको गीत सार्वजनिक गरिएको छ । 

पहिलो गीत ‘कथा’ले दर्शकमाझ गज्जबको छाप छाडेपछि दोश्रो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । यो गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।

सार्वजनिक गीतमा नायक धिरज मगर र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा डान्सका लागि धिरज र जसिताको मिहिनेत देखिएको छ । युवापुस्तामाझ यो गीत लोकप्रिय हुने विश्वास निर्माणपक्षको छ । गीतको भिडियोकै लागि पनि २ मुख्य कलाकारले गरेको मिहिनेत प्रशंसनिय छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । सोमनाथ खनाल र रेनशा राई रानाको यो फिल्ममा संवाद छ ।

चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ । रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मलाई आइकोर फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफीमा फिल्मका सबै गीतको भिडियो तयार पारिएको छ ।

चलचित्रको फस्टलुक, टिजर, पहिलो गीतले चर्चा पाइसकेको छ । वैशाखको १ गते यो फिल्मको ट्रेलर सार्वजनिक हुदैछ ।