‘दुई कदम’को छायांकन मुस्ताङमा

...

चैत, काठमाडौँ । नयाँ नेपाली चलचित्र  ‘दुई कदम’को छायांकन यतिवेला मुस्ताङमा भइरहेको छ । उदय सुब्बाको निर्देशन रहेको यो चलचित्र चैत १६ गतेबाट छायांकन सुरु भएको हो । चलचित्रको मुस्ताङको छायांकन सकिए लगत्तै धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन गरिनेछ । 

दयाराम घिमिरेको कथा रहेको लभस्टोरी चलचित्रलाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भैरहको चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ, कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।

विक्रम डिसीको छायांकन रहने चलचित्रमा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्धन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ । निर्माण टिमले चलचित्रको प्रदर्शन लक्ष्य भदौ महिनालाई बनाएर छायांकन गरिरहेको छ ।