मन चोरीने डरले लुकि लुकि नहेर्न भुवनलाई पुर्णकलाको आग्रह (भिडियो)

...

फागुन, काठमाडौं ।
video pic

झ्याप्पै नजर जुधि हाल्यो लाग्यो कस्तो कस्तो,
उनले मलाई मैले उनलाई मन पराए जस्तो ।।

शिरमा फुर्के डोरी लुकी लुकी नहेर मायाले होला दिल चोरी ।।

देखे पछि झट्ट उनलाई टोलाएँ म किन,
बोली बन्द भयो मेरो केहि बोल्नै सकिन ।।
शिरमा फुर्के डोरी लुकी लुकी नहेर मायाले होला दिल चोरी ।।
bhuwan biswokarma

माथि उल्लेखीत गितमा समावेश शब्द हुन् । गायक भुवक बिश्वकर्मा र पुर्णकला बिसीले दिल चोरीने डरले लुकी लुकी नहेर्न आग्रह गरेका छन् । समुन्नत समाज म्युजिक प्रा.लीको प्रस्तुतीमा भुवन विश्वकर्मा र दिनेश परियारको लोक दोहोरी एल्बम शिरमा ‘फुर्के डोरी’ भर्खरमात्र सार्वजकि गरीएको छ ।

माया प्रेमका कथामा समावेश यस गितलाई प्रकाश बि.कले लेखेका हुन् भने लय तथा एरेन्ज तिलक वलीको रहेको छ । साथै भिडियोलाई निर्देशक मिलन कार्कीले निर्देशन गरेका हुन् । भिडियोलाई सागर गौतमले खिचेका हुन् । भिडियोमा दिनेश र चन्दाको अभिनय देख्न सकिन्छ ।

यसगितका गायक भुवन बिश्वकर्माले यसभन्दा अघि पनि केहि गित गाएका छन् । गायक भुवनको भर्खरमात्र बजारमा आएको यस शिरमा फुर्के डोरीले दर्शक तथा स्रोताको मन जित्न सक्ने देखिन्छ ।