‘बहाव’को प्रिमियरमा सुरक्षाको चुम्बन सिनको चर्चा

...

चैत, काठमाडौँ ।  नेपाली चलचित्रहरुमा ‘किस सिन’ खासै राखिदैन । सेन्सर बोर्डले पनि त्यस्ता दृश्यलाई अनुमति दिएको देखिदैन्थ्यो । तर भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बहाव’मा अभिनेत्री सुरक्षा पन्तको लामै ‘लिप्स किस’को दृश्य छ ।

बुधबार साँझ काठमाडौंको आइप्लेक्स मलस्थित सिनेमा हलमा गरिएको प्रिमियरमा बढी चर्चा त्यसै दृश्यको भयो । सालिन स्वभावकि अभिनेत्री सुरक्षाले यसअघि आफूले गरेको चलचित्रमा ‘किस सिन’ दिन अघि सर्दैनथिन् । तर अहिले यस्तो दृश्यमा खुलेको देख्दा प्रिमियरमा उपस्थित चलचित्रकर्मि तथा सञ्चारकर्मिहरु अचम्मित थिए ।

चलचित्र ‘बहाव’ सुरक्षाको बिहे हुनुअघिनै खिचिएको हो । बिहेभइसकेपछि श्रीमानलाई सुरक्षाले उक्त दृश्यबारे भने केहि भनेकी थिइनन् । प्रिमियरमा श्रीमान उपस्थित थिएनन् । उपस्थित भएको भए सञ्चारकर्मिका प्रश्न श्रीमान–श्रीमतीलाई पक्कै तेर्सिने थिए । यसपटक चलचित्र सेन्सर बोर्डले पनि ‘बहाब’को उक्त दृश्यलाई पास गरेको छ । पारिवारीक चलचित्र भएपनि उक्त दृश्य कथाले मागेकोले राखिएको निर्देशक प्रमोद कँडेलले सेन्सर बोर्डका सदस्यहरुलाई स्पष्ट पारेका थिए । त्यसैले पनि सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दियो ।

surakshya panta-kiss-seen (2).jpg

सुरुमा सेन्सर हुँदा बोर्डका पदाधिकारीहरुबाट अब्जेक्सन जनाइएको निर्देशक कँडेलले बताएका छन् । पछि उक्त दृश्य किन चलचित्रको लागि महत्वपूर्ण छ भन्ने बताएपछि कन्भिन्स भएको बताए । 

प्रिमियरमा मिश्रित प्रतिक्रिया

प्रिमियरमा चलचित्रलाई फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताहरुबाट मिश्रित प्रतिक्रिया आयो । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली चलचित्र जगतमा सम्भावना बोकेको चलचित्र बनेको प्रतिक्रिया दिए । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले चलचित्रले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका चलचित्र भन्दा फरक शैलीमा बनेको जनाए ।   

कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे । अर्का कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताए । अभिनेत्री लुनिभा तुलाधरले चलचित्रले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् । उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ चलचित्र बन्नुपर्ने सुझाव दिइन् ।

चलचित्रका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए । कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको जनाए ।