अब ‘प्रसाद २’ बैशाख १५ बाट रिलिज हुने

...

चैत, काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रसाद २’ले नयाँ प्रदर्शन मिति पाएको छ । चैत्र २४ गते उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको यस चलचित्र अब आउँदो बर्षको बैशाख १५ गते प्रदर्शन हुने भएको छ । उच्च अदालत पाटनले चलचित्ररोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो ।

अब, यो चलचित्रलाई बैशाखको १५ गतेबाट देश र विदेशमा रिलिज गर्ने निर्देशक सुदर्शन थापाले बताएका छन् । यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रप्रति दर्शकको उच्च चासो छ । एक हल संचालकका अनुसार, दर्शकले ‘प्रसाद २’को बुकिङ कहिले खुल्छ भन्दै फोन गरिरहेका छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । यसैले, पनि नयाँ मितिमा पनि फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । सुशिल पौडेलले यो चलचित्रको कथा लेखेका हुन् ।