मिस मगर इन्टरनेश्नलको आयोजना हुने, आजबाट खुल्यो फर्म

...

चैत, काठमाडौँ । मिस मगर इन्टरनेश्नलको आयोजना हुने भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेस मिटमार्फत मिस मगर इन्टरनेश्नल सिजन १ को फर्म खुलेको औपचारिक जानकारी गराइयो ।

देशभरबाट मिस मगर इन्टरनेश्नलमा भाग लिन वेवसाइट तथा सामाजिक सञ्जालमार्फत एप्लाई गर्न सकिनेछ । २०८० को जेठ २ मा प्रतियोगीहरुको सेलेक्सन हुनेछ भने जेठ २० गते फाइनल कार्यक्रम हुनेछ । आयोजक सुनगाभा नेपालले मिस मगर इन्टरनेश्नलमा भाग लिन केही शर्तहरु राखेको छ । जसअनुसार यस प्रतियोगितामा १८ वर्षदेखी २८ वर्ष उमेर समूहका मगर समुदायका युवतीहरुले भाग लिन सक्नेछन् । न्यूनतम ५ फिट् १ इन्च उचाई हुनुपर्नेछ । फर्मका लागि ३ हजार रुपैंयाँ शुल्क तोकिएको छ । भोटिङ र निर्णायकका माध्यमबाट उत्कृष्ट प्रतियोगिहरुको छनौट गरिने आयोजकले जनाएको छ ।

मिस मगर इन्टरनेश्नलको विजेतालाई ४ लाख रुपैंयाँ नगद पुरस्कारका साथै गोल्डले सिंगारिएको क्राउन प्रदान गरिनेछ । यसैगरी फर्स्ट रनरअपलाई ४ लाख, सेकेन्ड रनर अपलाई ३ लाख, थर्ड रनरअपलाई २ लाख र चौथो हुनेलाई १ लाख रुपैंयाँ पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले बताएको छ । नायक, गायक, डान्सर रमेशबाबु थापामगरले हराउँदै गएको मगर भाषा, संस्कृति, वेशभूषा, परम्परालाई चिनाउन मिस मगर इन्टरनेश्नल कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै सुनगाभा नेपालका अध्यक्ष थमप्रकास पुनले मगर जातीको जनसंख्या नेपालमै तेस्रो ठूलो रहेकोले आफ्नो भाषा, रहनसहन, धर्म, संस्कार, खानपानलाई संसारमै चिनाउँन लागि पर्ने बताए । ‘यो कार्यक्रमलाई हामीले सफल बनायौं भने पछिको पुस्ताले पनि यसलाई अंगाल्नेछ ।’ अध्यक्ष पुनले बताए ।

नेपाल महिला मगर संघकि अध्यक्ष हिरु रानामगरले नेपालमा मगरको संख्या ठूलो रहेकोले मिस मगर इन्टरनेश्नलले लुकेर रहेका, राम्रा र क्षमतावान प्रतिभाहरु बाहिर ल्याउँन पहल गरोस् भन्ने शुझकामना व्यक्त गरिन् । ‘यो कार्यत्रमको आयोजनाले देश विदेशमा रहेका मगरलाई खुसी तुल्याएको छ ।’ रानामगरले भनिन्, ‘लुकेर रहेका प्रतिभाहरुले मिस मगर इन्टरनेश्नलमार्फत उदाहरणिय काम गर्नेमा म विश्वस्त छु ।’

मिस मगर इन्टरनेश्नल सिजन १ सूरु हुन लागेकोमा यस कार्यक्रमकी कोरियोग्राफर, होस्ट, मोडल तथा मिस मंगोल सन् २०१२ कि विजेता सपना रोक्काले खुसी व्यक्त गरिन् । बिभिन्न विज्ञापनदाता, प्रायोजकहरुलाई सहकार्य गर्नका लागि बाटो खुला रहेको आयोजक सुनगाभा नेपालले बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल मगर महिला संघकी अध्यक्ष हिरु रानामगर, विशिष्ट अतिथिका रुपमा रिडि ग्रुपका अध्यक्ष, व्यवसायी, समाजसेवी, क्याप्टेन मन बहादुर बुढा, नेपाल गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, कानूनी सल्लाहकारका रुपमा सन्तोष रानामगर, मगर सांस्कृति संघका उपाध्यक्ष नन्द घर्ति मगर र अतिथिका रुपमा होटेल रुद्रका सञ्चालक रुद्र मगर, र मोडल दिपीका थापामगर लगायतको उपस्थिीति रहेको थियो ।