राजेश हमालले उद्धघाटन गरे फिल्ली क्याफे नेपाल आउटलेट

...

चैत, काठमाडौँ । महानायक राजेश हमालले काठमाडौंको लाजिम्पाटमा सुरु भएको फिल्ली क्याफेको उद्धघाटन गरेका छन् । फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली सगँको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात गरेको हो । फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिस लगायतका देशमा छ । 
कार्यक्रममा वोल्दै महानायक हमालले फिल्ली क्याफेले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकार पारखीको लागी नयाँ गन्तव्य बन्नेमा आफु आशावादी रहेको बताए । उनले नजिक पर्नेले एकपटक फिल्लीको चियासँगै अन्य परिकार को स्वाद लिन आग्रह गरे । क्याफेको पहिलो आउट लेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिए । आगामी ५ वर्ष भित्र नेपालमा थप २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सो उद्धघाटन कार्यक्रममा जानकारी गराइएको थियो  । 

filli in nepal (2).jpg

काठमाण्डौंका क्याफेहरुले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकारहरुको अद्धितीय मिश्रण प्रद्धान गरेको अवस्थामा फिल्ली क्याफेले यस का पारखीका लागी थप छाप थप्नको लागी उत्साहित रहेको सो कार्यक्रममा प्रकाश पारिएको थियो । फिल्ली क्याफेमा चिया अर्गानिक रुपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमा साथ बनाइन्ट , जसले चिया पारखीहरुको लागी भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गरेको सञ्चालक नविन खड्काले जानकारी दिए ।