‘सक्किगोनी’ जेठ ४ गतेदेखि प्रसारण हुने

...

बैशाख, काठमाडौँ ।  लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ फेरी प्रसारण हुने भएको छ । तेस्रो सिजनको प्रसारण आगामी जेठ ४ गतेदेखि सुरु हुने निर्माण टिम जेपिटी क्रिएसनले बताएको छ । लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको छ ।

केहि कलाकार परिवर्तन हुने बताइएको छ । तर कुन कलाकार बाहिरिनेछन् र कुन कलाकार भित्रिनेछन् भन्ने बारे भने बताइएको छैन । बुझिए अनुसार केहि नयाँ कलाकार थपिनेछ । पुराना कलाकार भने यथावत रहनेछन् । निर्देशक घिमिरेले विषयवस्तु, प्रोडक्सन र भेषभूषालाई अझै गुणस्तरीय देखाउन प्रयास हुने जानकारी दिएका छन् । तेस्रो सिजनमा कुल १०४ एपिसोड प्रसारण हुने बताइएको छ ।

सक्किगोनीलाई अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले लेखन तथा निर्देशन गर्दै आएका छन् । यसअघिको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको थियो । अहिले सक्किगोनीको तेस्रो सिजनपनि हिमालय टेलिभिजनबाटै प्रसारण हुनेछ ।

किन रोकियो थियो त सक्किगोनीको प्रसारण ?
‘सक्किगोनी’ बन्द भएको मुख्य कारण यहि हो भन्न सकिदैन किनकी निर्माण टिमले आधिकारीक रुपमा कारण बताएको छैन । तर स्रोतको आधारमा भन्ने हो भने ुसक्किगोनीु र प्रसारण टेलिभिजनबिचको सम्झौता नमिलेर रोकिएको हो । अर्थात ुसक्किगोनीु प्रसारण भइरहेको हिमालय टेलिभिजन र निर्माण टिम जेपिटी क्रिएसनबिचको आर्थिक पाटो नमिल्दा निर्माण नै रोकिएको हो । बुझिएअनुसार जेपिटी क्रिएसनले सम्झौता बिपरीत युट्युवमा अपलोड गर्ने इपिसोडमा टेलिभिजनमा भन्दा फरक आफ्ना बिज्ञापन प्रसारण गर्ने गरेको थियो । त्यसैकारण पनि टेलिभिजनले प्रसारण रोकेको हो ।

सक्किगोनी, नेपालको निकै लाकेप्रिय टेलिश्रृखंलामा पर्छ । बिशेषगरी कमेडी शैलीको यो श्रृंखला गाउँघरमा बढी लोकप्रिय छ । गाउँमा हुने गरेका बिषयलाई कथामा उतारेर सक्गिोनीमा रमाइलो ढंगबाट प्रस्तुत गरिन्छ । सक्किगोनीमा पाँडे, जिग्री, बले र कक्रोज बढी चर्चामा आएका पात्र हुन् । पाँडेको रुपमा अर्जुन घिमिरे, जिग्रीको रुपमा कुमार कट्टेल, बलेको रुपमा सागर लम्साल र कक्रोजको रुपमा हरिश निरौलाले अभिनय गर्दै आएका छन् । सक्किगोनीको एउटा इपिसोडलाई युट्युवमा एकसातामा कम्तिमा २५ देखी ३० लाख पटक हेर्ने गरिएको छ ।