गरिमालाई प्रश्न- फेरी पल शाहसँग काम गर्ने इच्छा छ (भिडियो रिपोर्ट)

...

बैशाख, काठमाडौँ । मोडल गरिमा शर्मा म्युजिक भिडियो क्षेत्रकी पछिल्लो समयकी डिमान्डेड मोडल हुन् । उनले अभिनय गरेका दर्जनौं भिडियो हिट छन् । पछिल्लो समय दुई चलचित्र लण्डन टु पेरिस् र रश्व दिर्घमा काम गरेकी छिन् । दुबै चलचित्र प्रदर्शन हुन बाँकी छन् । 

यसैबिच लोकप्रिय मोडल पल शाहसँग पनि उनले दर्जन म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । पल शाहले १ बर्षको जेल जीवन बिताएर फर्किएपछि भने गरिमाले पललाई भेट्न पाएकी छैनन् । उनले काम गर्दै जाँदा फेरी भिडियोमा सहकार्य हुनेमा आशावादी छिन् । 

यि हुन् मोडल गरिमा शर्मा, पल शाहको श्रीमती बनेकी छिन् । हजुर हो, म्युजिक भिडियो । पल शाहसँग १ दर्जन म्युजिक भिडियोमा काम गरेकी छिन् गरिमा शर्माले । 

अहिले पल शाह जेल जीवनबाट बाहिर आइसकेपछि म्युजिक भिडियोको सुटिंगमा ब्यस्त छन् । अब पल शाहसँग गरिमाको जोडी कहिले बाँधिएला त ? हामीले गरिमालाई नै प्रश्न सोध्यौं । 

यस्तै भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भिर बिष्टले पनि पल शाहलाई भिडियोमा छिट्टै खेलाउने बताउँछन् । गरिमा शर्मा र शिशिर सिवाकोटी श्रीमान श्रीमतीको भूमिकामा अभिनय गरेको जीन्दगी बोलको गीत सार्वजनिक भएको छ । 

भिडियो रिपोर्ट हेरौं ।

Full Interview: