र्यापर बादशाहले माफि मागे

...

बैशाख, एजेन्सी । डिजे वाला बाबु तेरा गाना चलादे, अभितो पाटि सुरु हुई हे, मे पानी पानी होगई लगायतका निकै हिट हिट गीतका र्‌यापर बादशाहले माफी मागेका छन् । उनले आफ्नो गीत ‘सनक’का लागि माफी मागेका हुन् । उनले इन्स्टाग्राममा लेखेको पोस्टमा आफूले अनजानमा कसैलाई चोट पुर्‍याउने सोच्न पनि नसक्ने बताएका छन् । 

उनको यो गीतलाई लिएर विवाद बढ्दै गइरहेको थियो । बादशाहले आफू सधैँ आफ्ना गीतमा संवेदनशील हुने कोसिस गरेको बताएका छन् । एक महिनाअघि रिलिज भएको ‘सनक’ गीतलाई बादशाहको युट्युब च्यानलमा २२ लाखभन्दा बढी पटक हेरिएको छ ।

समाचार एजेन्सी एएनएआईका अनुसार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरका पुजारीले यस गीतका केही शब्दलाई लिएर आपत्ति जनाएका थिए । र्‌यापरले आफूले गीतमा परिवर्तन गर्दै नयाँ संस्करण सबै डिजिटल प्लेटफर्ममा राख्न लागेको बताएका छन् । यो परिवर्तन च्यानलमा आउन समय लाग्न सक्ने पनि गायक बताउँछन् ।

१९ अप्रिल २०२३ मा श्री महाकालेश्वर मन्दिरका पुजारी पण्डित महेश शर्माले आफ्नो नयाँ एल्बम सनकको गीतमा र्‍यापर बादशाहले भोलेनाथको नाम अश्लिल शब्द प्रयोग गरेकोमा आपत्ति जनाउदै र्यापर बादशाहले यो गीत प्रयोग गरेको खण्डमा चेतावनी दिएका थिए । एफआईआरबाट भोलेनाथको नाम नहटाएमा उनीविरुद्ध एफआइआर दर्ता गरेर अदालत पनि लगिनेछ । बादशाहको गीतमा शब्द छ, कभी सेक्स तो कभी ज्ञान बांटता फिरूं ।

उज्जैनको श्री महाकालेश्वर मन्दिरका पुजारी र सन्तहरूले बादशाहको सनक गीतको विवादास्पद शब्दलाई लिएर आपत्ति जनाएपछि यसको प्रभाव इन्दौरमा पनि देखिएको छ । बादशाह विरुद्ध एफआईआर नगरे उग्र आन्दोलन गर्ने धम्की आएको छ । माफी नमागेसम्म बादशाहलाई इन्दौर सहरमा प्रवेश गर्न नदिने चेतावनी पनि दिएका थिए ।