‘प्रसाद २’को बुकिङ खुल्ला

...

बैशाख, काठमाडौँ । चलचित्र ‘प्रसाद २’को बुकिङ खुल्ला भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सोमबार आयोजीत प्रिमियरमा फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए । चलचित्रको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय, निर्देशकको निर्देशनलाई प्रिमियरमा आउने फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए ।

सुशिल पौडेलले समाजको कथालाई टिपेर चलचित्र लेखेको धेरैको भनाई थियो । यही चलचित्रको मंगलबार बेलुकीदेखि मल्टिप्लेक्सका हलहरुले सुखद शोज दिदै बुकिङ खुल्ला गरेका छन् । यो चलचित्रलाई क्यूएफएक्स चेनले २७ शोज दिएको छ । फिल्मलाई मोफसलमा १५ शोज र उपत्यकाका तिन शहरमा १२ शोज मिलेको छ ।

keki adhikari.jpg

यस्तै, यो चलचित्रलाई वीग मुभिजले ४ शोज दिएको छ । बिहान पौन ९ बजेदेखि बेलुकी पौने ६ बजेसम्म फिल्मको शोज उपलब्ध छ ।

यस्तै, वान सिनेमाज्ले फिल्मलाई कालिमाटीमा ४ शोज र नयाँ बाँनेश्वरमा ४ शोज उपलब्ध गराएको छ । फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ । प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाएको, हिट फिल्मको सिक्वेल भएका कारण पनि फिल्मले सुरुवाती व्यापार सुखद गर्ने अपेक्षा गरिएको छ ।